रोजगारीको लागि भारत जानेक्रम बढ्यो महेन्द्रनगर। गएको जेठ महिनामा मात्रै कन्चनपुरको गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली रोजगारीका लागि भारत गएका छन्। कोरोना त्रासदीकाबीच भारतमा मजदुरी गर्न जाने क्रम हरेकदिन बढिरहेको डोके प्रहरीचौकी कन्चनपुरका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले बताए। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट ७ सय र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएको प्रहरीले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्