सांग्रिला विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन
काठमाडौं। सांग्रिला विकास बैंकले आजदेखि सर्वसाधारणका लागि ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजदेखि प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने ३० करोड रुपैयाँको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि तीन लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। यो ऋणपत्र २०८७ सम्मका लागि निष्कासन भएको हो।
प्रतिक्रिया दिनुहोस्