दश महिनामा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा साढे ११ अर्बभन्दा बढी
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा ११ अर्ब ६९ करोड ५४ लाख ३ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा अष्ट्रेलियाबाट नेपालमा १२ अर्ब ६३ करोड २६ लाख १३ रुपैयाँको वस्तु भित्रिएको छ। सोही अवधिमा नेपालबाट भने मात्र ९३ करोड ७२ लाख ९ हजार रुपैयाँको वस्तुहरु अष्ट्रेलिया निर्यात भएको छ।
प्रतिक्रिया दिनुहोस्