नेप्सेमा ६३ अंकको गिरावट
काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो। उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै २ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस्