दिल्लीमा भोलिदेखि सबै पार्क र बार खुल्ने
एजेन्सी। कोरोना महामारी नियन्त्रणमा आएसँगै भारतको राजधानी दिल्लीमा लकडाउनलाई सोमबारदेखि थप खुकुलो बनाइने भएको छ। दिल्ली सरकारका अनुसार भोलीदेखि सबै पार्क, बगैंचा, गल्फ क्लब खोल्न अनुमति दिइनेछ। यसका साथै बाहिरी योग गतिविधिलाई पनि अनुमति दिइएको छ। भोलीदेखि मध्यान्ह १२ बजदेखि राती १० बजेसम्म क्षमताको ५० प्रतिशत ग्राहक राखी बीयर बार पनि खुलाउन दिइएको छ।
प्रतिक्रिया दिनुहोस्