प्रविधिको कमाल : चीनले २८ घण्टा ४५ मिनेटमा बनायो १० तले घर
एजेन्सी। चीनले नयाँ प्रविधिको प्रयोग गरी २८ घण्टा ४५ मिनेटमा १० तले आलिशान भवन तयार गरेको छ। अन्य देशमा भए यो भवन बनाउन महिनौं दिन लाग्ने थियो, तर चीनले सबैलाई चकित पार्ने गरी सो भवन ठड्याएको हो। चीनको चाङ्ग्शा सहरमा सो भवन बनाइएको हो। चीनले एक दिनमै घर बनाउन सकिने प्रविधिको विकास गरेपछि ब्रान्ड ग्रुपले यो भवन बनाएको हो।
प्रतिक्रिया दिनुहोस्