आँखा अस्पताललाई हेटौंडा उपमहानगरको १० लाख सहयोग काठमाडौं। हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग गरेको छ। उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उक्त रकम अस्पताललाई आज हस्तान्तरण गरेका हुन्। अस्पतालमा मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायतका जिल्लाबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्