उपत्यकामा नीजि सवारीसाधनमा ८ गतेदेखि जोर विजोर लागू, बार अनुसार पसल खुल्ने
काठमाडौं। उपत्यकामा असार ८ गतेदेखि जोर बिजोर प्रणालीमा सवारीसाधन चल्ने भएको छन्। एक साता निषेधाज्ञा थपिएपनि यो अवधिमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा चलाउन पाइने निर्णय भएको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनले पसल पनि सबै खुल्ने तर बारअनुसार मात्र सञ्चालन गर्न पाइने बताए। जोर नम्बर प्लेटको जोर बार र बिजोर नम्बर प्लेटको बिजोर बार नीजि सवारीसाधन चलाउन पाइनेछ।
प्रतिक्रिया दिनुहोस्