उपत्यकामा निर्माण सामाग्रीको पसल दिनभर खुल्ने
काठमाडौं। जिल्ला प्रशासन कार्यालयले उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएको छ। तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निर्माण सामाग्रीको बिक्री गर्ने पसल दिनभरी खोल्न दिने निर्णय गरेका हुन्। जसअनुसार हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर र कार्पेट पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्