उपत्यकामा अझै एक साता सार्वजनिक सवारीसधान चलाउन नपाइने काठमाडौं। काठमाडौं उपत्यकामा अझै एक साता सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा एक साताको लागि थप गर्दै सो अवधिमा सार्वजनिक सवारीसाधन चलाउन नपाउने जनाएका हुन्। कोरोना नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएपछि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदै आइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्