मेलम्चीमा बाढीपहिरो पीडित ६५० जनालाई सामुहिक खाना र आवास काठमाडौं। मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडित करिब६५० जनालाई सामुहिक खाना र आवासको व्यवस्था गरिएको छ। मेलम्ची बजारको विद्यालयमा४५० जना र सेनाको ब्यारेकमा१०० जनालाई व्यवस्थापन गरिएको नगरप्रमुख डम्बर अर्यालले बताए। त्यस्तै वडा नं६ र १०मा पनि१०० जनालाई खाना र आवासको व्यवस्था गरिएको छ। विस्थापित परिवारलाई घर निर्माण नहुन्जेल सरकारको सहयोग, नगरपालिकाको स्रोत र अन्य सहयोग जुटाएर खाना बस्नको व्यवस्था गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्