नेपालमा १० महिनामा २१ देशबाट साढे १ अर्बको कुकुर र बिरालोको खाना भित्रियो काठमाडौं।नेपालमा २१ देशबाट कुकुर र बिरालोको लागि खाना भित्रने गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा १ अर्ब ६३ करोड ५१ लाख ८७ हजार रुपैयाँको १० लाख ५३ हजार ३२० केजी कुकुर र बिरालोका खाना नेपाल भित्रिएको छ।अष्ट्रेलिया,क्यानडा,चीन,चेक रिपब्लिक, डेनमार्क,फ्रान्स, ग्रिस, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया,नेदरल्याण्ड्स,कतार, सिंगापुर, स्लोभाकिया, स्वीट्जरल्याण्ड,थाइल्याण्ड, युएई, बेलायत,अमेरिका र भियतनामबाट खाना नेपाल आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्