आज रातिबाट राइड सेयरिङ सेवा सञ्चालन गर्न पाइने
काठमाडौं। निषेधाज्ञाका कारण बन्द भएका राईड सेयरिङ सेवाहरु नियमित रुपमा सञ्चालन हुने भएका छन्। राइडिङ सेवाहरु पनि अन्य सवारीसाधन जस्तै आजदेखि जोर बिजोर प्रणाली पालना गरी सञ्चालन गर्ने टुटलका संस्थापक शिक्षित भट्टले जानकारी गराए। सवारी चलाउँदा पीपीई प्रयोग नगर्ने तर त्यसबाहेकका सम्पू्र्ण सतर्कताहरु अपनाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस्