बोर्डको प्रतिवेदनको प्रभाव – बजार २८ सय अंकमा आइपुग्यो
काठमाडौं। नेपाल धितोपत्र बोर्डले गत साताको मंगलबार लगानीका लागि जोखिमयुक्त कम्पनीहरुको सूचीभन्दै ५१ कम्पनीको सूची निकालेको थियो। उक्त सूची सार्वजनिक भएसँगै घट्न थालेको बजार त्यसयता निरन्तर घटेर २८ सय अंकमा आइपुगेको छ। गत साताको मंगलबार तीन हजारभन्दा माथि रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २८ सय ३४ अंकमा आइपुगेको हो।
प्रतिक्रिया दिनुहोस्