फास्ट एन्ड फ्युरियसमा अभिनेता पल वल्करले चलाएको टोयोटा सुप्रा कीर्तिमानी रकममा बिक्री
एजेन्सी। फास्ट एन्ड फ्युरियस फिल्म सिरिजको ‘द फास्ट एन्ड एन्ड द फ्युरियस’ २००१ र ‘२ फास्ट २ फ्युरियस’ २००३मा हलिउड अभिनेता पल वल्करले चलाएको पहेलो रंगको टोयोटा सुप्रा १९९४ कार कीर्तिमानी ५.५० लाख डलरमा बिक्री भएको छ। कार खरिदकर्ताले कारको स्वामित्वका लागि कारसँगै यससँग सम्बन्धित धेरै कागजातहरु पाउने उल्लेख छ। यो कार अमेरिकाको ब्यारेट ज्याक्शन मार्केट केन्द्रबाट बिक्री भएको हो।
प्रतिक्रिया दिनुहोस्