राष्ट्र बैंकले १० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै काठमाडौं। नेपाल राष्ट्र बैकले असार ८ गते मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लगाएको हो। ऋणपत्र खरिदका लागि इच्छुक प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीको लागि बाँकी १५ प्रतिशत छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्