अन्तर्राष्ट्रिय उडानमा तोकिएभन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न समिति गठन
रासस। सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएकोभन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो। ट्राभल एजेन्सीले तोकिएभन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासोपछि कारबाहीको सिफारिसका लागि समिति गठन गरेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्