ई–कमर्स कम्पनीको नियम परिवर्तन गर्दै भारत
एजेन्सी। भारत सरकारले ई–कमर्स कम्पनीको नियम परिवतर्न गर्ने भएको छ। भारतीय उपभोक्ताको संरक्षणका लागि सरकारले नयाँ नियम ल्याउन लागेको हो। जसका कारण ई–कमर्स कम्पनीलाई असर पर्न सक्ने देखिएको छ। नयाँ नियम लागू भएपछि फ्लिपकार्ट र एमेजनले आफ्नो नियम नै परिवर्तन गर्नुपर्ने बताइएको छ। यसबाट उपभोक्ताको अधिकार सुनिश्चित हुने भारतीय सञ्चारमाध्यमले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्