राष्ट्र बैंकले एक अर्ब पाँच करोड लगानी गर्ने काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न वर्गका बैंकहरुमा कुल एक अर्ब पाँचकरोड रुपैयाँ मुद्दती लगानी गर्ने भएको छ। बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकमा८४ करोड, ‘ख’वर्गका बैंकमा १५ करोड७५ लाख र ‘ग’वर्गको बैंक तथा वित्तीय कम्पनीहरुमा पाँच करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो। बैंकको निक्षेप पाउन बैंकहरुले तय गरेको न्यूनतम पूँजीकोष कायम गरी सञ्चालन भएको कम्तीमा दुई वर्ष पुरा हुनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्