होटल तथा पर्यटन व्यवसायीले नवीकरण दस्तुर तिर्नु नपर्ने
काठमाडौं। होटल तथा पर्यटन व्यवसायीले आगामी आर्थिक वर्ष २०७८/७९मा नवीकरण दस्तुर तिर्नु नपर्ने भएको छ। सरकारले आगामी वर्षको बजेटमा नवीकरण दस्तुर छुट दिने व्यवस्था गरेपछि पर्यटन व्यवसायीले यस्तो सुविधा पाएका हुन्। महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेको भन्दै सरकारले उनीहरुलाई राहतस्वरुप नवीकरण दस्तुर छुट दिएको हो।
प्रतिक्रिया दिनुहोस्