अपि पावरले थप्यो हकप्रद शेयरमा आवेदन गर्ने समय
काठमाडौं। अपि पावर कम्पनीको हकप्रद (राईट) सेयरको लागि आवेदन दिने समय थपिएको छ। कम्पनीले जेठ २० गतेदेखि हकप्रद सेयरमा आवेदन खुलाएको थियो। तर कम्पनीको अनुमान अनुरुप शेयरमा आवेदन नपरेपछि आवेदन दिने समय लम्ब्याइएको हो। थपिएको नयाँ मितिअनुसार अब असार १३ गतेसम्म अवेदन दिन सकिनेछ। कम्पनीले हकप्रद सेयर निष्काशनका लागि वैशाख २९ गतेदेखि आवेदन खुलाएको थियो।
प्रतिक्रिया दिनुहोस्