विदेशी मुद्राको भाउ दिनमा दुई पटक प्रकाशन हुने काठमाडौं। नेपाल राष्ट्र बैंकले अबदेखि विदेशी विनिमयदरको मूल्य दिनमा दुई पटक प्रकाशन गर्ने भएको छ। राष्ट्र बैंकले एकिकृत परिपत्र, २०७६ संशोधन गर्दै एकै दिनमा दुई पटक सार्वजनिक गर्ने भएको हो। जसअनुसार अब बिहान १० र दिउँसो २ बजे विदेशी मुद्राको मूल्य प्रकाशन हुने छ। दुई पटक सार्वजनिक गर्दा विदेशी मुद्राको रियल टाइम मूल्य प्रकाशन हुने राष्ट्र बैंकले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्