२८ सय अंकमा आइपुग्यो नेप्से परिसूचक
काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरि २८ सय अंकमा आइपुगेको छ। आज एकै दिन परिसूचक ५३.८८ अंकले घट्दा बजार २८ सय ५९ अंकमा आइपुगेको हो। परिसूचक घट्दा बजारको कारोबार रकम पनि घटेर जम्मा ८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यस्तै आज एक करोड ९४ लाख कित्ता सेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस्