४५ अर्बको भटमासको कच्चा तेल भित्रियो काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ४५ अर्ब रुपैयाँको कच्चा र प्रशोधित भटमासको तेल भित्रिएको छ। भन्सार विभागका अनुसार सबैभन्दा बढी कच्चा भटमासको तेल ४४ अर्ब ६२ करोड रुपैयाँको भित्रिएको छ। यस्तै यस अवधिमा ९७ करोड रुपैयाँको प्रशोधित भटमासको तेल भित्रिएको विभागले जनाएको छ। यसबाट सरकारले ४ अर्ब १९ करोड राजश्व संकलन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्