३४ अर्ब रुपैयाँको स्मार्टफोन आयात
काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट ३४ अर्ब १४ करोड रुपैयाँको स्मार्टफोन आयात गरेको छ। साउनदेखि जेठ महिनासम्मको अवधिमा नेपालले उक्त रकम बराबरको स्मार्टफोन आयत भएको भन्सार विभागले जानकारी दिएको छ। यस अवधिमा नेपालमा ६५ लाख ५४ हजार सेट फोन भित्रिएको छ। यसबाट सरकारले ५ अर्ब ४० करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्