मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला/पुरुषलाई मासिक एक हजार
रासस। मेलम्ची नगरपालिकाले ६० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई मासिक एक हजार दिने भएको छ। नगरपालिकाको नवौं नगरसभाले सो व्यवस्था गरेको हो। नगरपालिकाले आगामी वर्षका लागि चालूतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ। त्यस्तै नगरपालिकाले कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्