एनआईसी एसियाको ‘सेलेक्ट ३०’मा खुल्यो आवेदन काठमाडौं। एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया सेलेक्ट ३०’ मा आजदेखि आवेदन खुलेको छ। यसमा लगानीकर्ताले असार १४ गतेसम्ममा आवेदन दिन पाउनेछन्। कम्पनीले प्रतिकित्ता १० रुपैयाका दरले १० करोड कित्ता फण्ड बिक्रीमा गर्न लागेको हो। जसमध्ये १५ प्रतिशत एनआईसी एसिया बैंकलाई र बाँकी ८५ प्रतिशत सर्वसाधारका लागि छुट्याईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्