काठमाडौं महानगरले ल्यायो १९ अर्बको बजेट काठमाडौं। काठमाडौं महानगरपालिकाले १९ अर्ब रुपैयाँको बजेट ल्याएको छ। महानगरले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको हो। जसमा सबैभन्दा बढी उपत्यकाको पूर्वाधार विकासलाई १० अर्ब बजेट विनियोजन भएको छ। यसैगरी महानगरले प्रशासनिक खर्चका लागि ३ अर्ब ७५ करोड र सामाजिक विकासतर्फ २ अर्ब ७० करोड बजेट छुट्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्