भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम कात्तिक मसान्तसम्म लिन पाउने काठमाडौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्म आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई कात्तिक मसान्तसम्मको समयसीमा दिने भएको छ। बिहीबार बसेको समितिको१९औं बैठकले कोभिड संक्रमणलगायतका कारण पीडितले दोस्रो र तेस्रो किस्ता नलिइसकेकोले समयसीमा बढाउने निर्णय गरेको हो। यस्तै घर निर्माण सुरु भएर पुरा नगरेको र कुनै किस्ता नलिएको आवास स्थानीय निकायमार्फत प्राविधिक जाँच र सुधार गराएर रकम उपलब्ध गराउने निर्णयसमेत भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्