गोदावरीको बजेट एक अर्ब ८२ करोड ललितपुर। गोदावरी नगरपालिकाले रु एकअर्ब८२ करोड पाँच लाखको बजेट पारित गरेको छ। ‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगरसभामार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९को लागि बजेट प्रस्तुत गरिन्। चालु खर्चतर्फ रु ९३ करोड४४ लाख२० हजार र पुँजीगत योजनातर्फ रु ८८ करोड६१ लाख४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्