हेटौँडा उपमहानगरपालिकाको बजेट रु दुई अर्ब ६० करोड : पूर्वाधार र स्वास्थ्यमा जोड
मकवानपुर हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९का लागि रु दुईअर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा रु एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा रु १२ करोड ९८ लाख, सामाजिक विकासमा रु ६३ करोड रु ९२ लाख, स्वास्थ्य विकासमा रु आठ करोड ७६ लाख विनियोजित गरिएको हो।
प्रतिक्रिया दिनुहोस्