वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीले तीन साता क्वारेन्टाइनमा बस्नुपर्ने काठमाडौं। वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीले अब तीन महिना क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। मलेसिया सरकारले नेपाललगायत दक्षिण एसीयाली राष्ट्र भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका नागरिकलाई यो नियम लागू गरेको हो। देशमा कोरोना महामारी फैलन नदिन तीनसाता क्वारेन्टाइनम बस्नुपर्ने नियम बनाइएको मलेसियाका स्वास्थ्य निर्देशक डा.नुर हिशाम अब्दुल्लाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालबाट जानेले७२ घण्टाभित्र गरेको कोरोना नेगेटिभ रिपोर्ट पनि बुझाउनु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्