भारतसँगको व्यापार घाटा दुई खर्ब बढ्यो, पुग्यो १२ खर्ब ६२ अर्ब रुपैयाँ
काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा भारतसँग नेपालको व्यापार घाटा करिब दुई बढेको छ। भन्सार विभागका अनुसार चालु आवको पहिलो एघार महिनामा भारतसँग व्यापार घाटा सातखर्ब ९६ अर्ब ३९ करोड ८५ लाख २६ हजार रुपैयाँ पुगेका छ। अघिल्लो आवको सोही अवधिमा भारतसँग व्यापारघाटा छखर्ब सातअर्ब ६४ करोड ८६ लाख ९९ हजार रुपैयाँ रहेको थियो।
प्रतिक्रिया दिनुहोस्