चन्द्रागिरिको बजेट दुई अर्ब ४४ करोड
काठमाडौं। चन्द्रागिरि नगरपालिकाले रु दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ। चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न सातौँ नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८/०७९का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरे। चन्द्रागिरिले आव २०७८/०७९मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्व,सङ्घीय सरकार वित्तिय हस्तान्तरण,प्रदेश सरकार र सामाजिक सुरक्षा भत्ताबापत आय गरेको हो।
प्रतिक्रिया दिनुहोस्