सूर्यविनायकमा एक अर्ब ५७ करोड ६३ लाख बजेट विनियोजन
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कुल एक अर्ब ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पूजीँगततर्फको बजेट सार्वजनिक गरेकी हुन्। अघिल्लो आवको तुलनामा यो बजेट नौ करोडले बढी हो। नगरपालिकाले चालु आव २०७७/७८ मा एक अर्ब ४८ करोडको बजेट ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस्