ज्योति विकास बैंकले डेढ अर्वको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं। ज्योति विकास बैंकले डेढ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता एक हजार रुपैयाँको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो। यसको मूल्य एक अर्ब ५० करोड हुन आउँछ। असार २० गतेदेखि खुल्ने ऋणपत्रमा सर्वसाधारणले कम्तिमा २५ देखि ३० हजार कित्तासम्म आवेदन दिन पाउँछन्।
प्रतिक्रिया दिनुहोस्