पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने काठमाडौं। नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको स्पष्ट पारेको छ। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको मूल्य अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपरेको बताए। निगम निरन्तर घाटामा गइरहेकाले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउन मूल्यवृद्धि गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्