अर्थतन्त्रलाई लयमा फर्काउन राष्ट्र बैंकले बनायो कार्यविधि काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ले प्रभावित अर्थतन्त्रलाई लयमा फर्काउन ‘नेपाल राष्ट्र बैंक पुनकर्जा कार्यविधि’ बनाएको छ। केन्द्रीय बैंकले अर्थतन्त्रमा कोरोनाबाट परेको असरलाई सम्बोधन गर्न कार्यविधि बनाएको हो। उद्योग, व्यवसायलाई पुनरुत्थानमा सहयोग पुर्याउने गरी सबै क्षेत्रमा पुनकर्जाको पहुँच विस्तार गर्न कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने, प्रभावकारी र व्यवस्थित बन्ने बैंकले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्