काठमाडौं महानगरपालिकाले पूर्वाधार विकासका लागि छुट्टयायो दश अर्ब काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९का लागि भौतिक पूर्वाधार विकासमा दशअर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार नगरसभाको नवौँ अधिवेशनमा प्रस्तुत गरिएको बजेटमा पूर्वाधार विकासको लागि उक्त रकम छुट्टयाएको हो। यस्तै महानगले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीनअर्ब ७५ करोड ७७ लाख, सामाजिक विकासतर्फ दुईअर्ब ७० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एकअर्ब पन्ध्रकरोड प्रस्ताव गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्