अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढेको बढ्यै
एजेन्सी। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम यदार्थको कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ। पछिल्लो केही सातामै कच्चा पेट्रोलिमय पदार्थको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगिसकेको छ। यो मूल्य तीन वर्षअघिको जति नै हो। खासगरी कोरोनाका कारण तेल उत्पादक राष्ट्रहरुले उत्पादन घटाउनु तथा माग बढ्नुले मूल्य पनि बढेको बताइएको छ। कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्ने आँकलन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्