कोरोनाविरुद्ध लड्न इटालीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं। नेपाललाई कोरोना महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य सामग्री पठाएको छ। ती सामग्री आज बिहान नेपाल आइपुगेको हो। इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइशोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डेले ती सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुखलाई हस्तान्तरण गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्