विश्वका ४ अर्ब मानिसको हातमा स्मार्टफोन
एजेन्सी। विश्वको सम्पूर्ण जनसंख्याको आधा अर्थात् लगभग ४ अर्ब मानिसहरुसँग कम्तीमा एउटा स्मार्टफोनको स्वामित्व रहेको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार सन्१९९४ मा स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या ३० हजार मात्र थियो र सन् २०१२ सम्म यो बढेर एक अर्ब पुगेको थियो भने हाल यो संख्या ३.९५ अर्ब पुगेको हो। पृथ्वीमा हाल करिब ७.९५ अर्ब जनसंख्या रहेको अनुमान छ।
प्रतिक्रिया दिनुहोस्