वैदेशिक रोजगारीमा जान महामारीबीच जेठ महिनामा लिए चार हजारभन्दा बढीले श्रम स्वीकृति
काठमाडौं।कोरोना महामारीबीच गत जेठ महिनामा वैदेशिक रोजगारीमा जानको लागि ४ हजार ८६ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी कतार जान चाहने छन्।कतार जानको लागि १ हजार ९ सय ५६ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, साउदी अरब जान ८२२, युएई जान ७२४ र बहराइन जान २२८ जनाले श्रम स्वीकृति लिएका छन्।
प्रतिक्रिया दिनुहोस्