दश महिनामा वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ८० करोडभन्दा बढी आर्थिक सहायता दिइयो
काठमाडौं।वैदेशिक रोजगार बोर्डको चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ८० करोड १५ लाख रुपैयाँ आर्थिक सहायता स्वरुप उपलब्ध गराएको छ।२०७७ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १ हजार १४५ जनाको परिवारलाई उक्त रकम उपलब्ध गरिएको हो।वैदैशिक रोजागारीका क्रममा मृत्यु हुनेका परिवारलाई बोर्डले प्रतिपरिवार ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्