जनस्वास्थ्यका मापदण्डसहित आन्तरिक उडानको तयारीमा एयरलाइन्स काठमाडौं। आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालनको निर्णयसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन्। आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर,यती एयरलाइन्स,श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन्। एयरलाइन्सले यसअघिको कोभिड महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्