माथिल्लो तामाकोशीलाई प्रसारणलाईनमा जोडिँदै
काठमाडौं। दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ। आयोजनाले आइतबारदेखि १३२ केभी प्रसारणलाइनसँग आयोजनालाई जोड्ने भएको हो। यसका लागि एक साताको समय लाग्ने बताइएको छ। आयोजनाको उत्पादन अन्तिम चरणमा रहेको हुँदा प्रसारणलाइनमा जोड्न लागिएको हो। आयोजनाले यही सातादेखि पहिलो चरणमा विद्युत उत्पादन थाल्ने तयारी थालेको छ।
प्रतिक्रिया दिनुहोस्