मनाङको ङिस्याङमा खाद्य अभाव
रासस। अविरल वर्षासँगै आएको बाढीले मनाङको ङिस्याङमा खाद्य अभाव हुन थालेको छ। बाढी पहिरोसँगै सडक अवरुद्ध भएपछि ङिस्याङमा खाद्यान्न आपूर्ति हुन नसक्दा अभाव भएको हो। स्थानीय होटल व्यवसायीहरुले केही खाद्यान्न भण्डारण गरेपनि आपूर्ति हुन नसक्दा अभाव झेल्नुपरेको स्थानीय विनोद गुरुङले बताए। पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम ढुवानी बढी हुने गरेको छ। हाल एक गाउँबाट अर्काे गाउँमा जानसक्ने अवस्थासमेत छैन।
प्रतिक्रिया दिनुहोस्