कञ्चनपुरका स्थानीय तहमा एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रबृत्तिसम्मका कार्यक्रम
काठमाडौं। कञ्चनपुरका स्थानीय तहहरुले एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रबृत्तिसम्मको व्यवस्था गरेका छन्। दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ। त्यस्तै कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ। त्यसैगरी बेदकोट नगरपालिकाले प्राविधिक शिक्षा पढाउन दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र विपन्न गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि बजेटको व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस्