जापानद्वारा चार एसियाली राष्ट्रलाई कोरोना खोप दिने घोषणा, नेपाल भने परेन काठमाडौं। जापानले एसियाका चार राष्ट्रलाई एस्ट्राजेनेकाको १२.४ लाख डोज खोप दिने घोषणा गरेको छ। उक्त सूचीमा नेपाल भने परेन। जापानले इण्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाल्इल्याण्डलाई खोप उपलब्ध गराउने घोषणा गरेको हो। जापानका विदेशमन्त्री तोशिमित्सू मोतेगीेले यी खोपको आपूर्ति आउँदो साताबाट सुरु गरिने जनाएका छन्। जापनले ताइवान र भियतनामलाई दश–दश लाख खोप दिने घोषणा यसअघि नै गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्