निषेधाज्ञाका कारण चितवनका दुग्ध किसानलाई ११ करोडको नोक्सानी काठमाडौं। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण दुग्ध किसानले ११ करोड ७ लाख ८१ हजार३४२ रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको बताएको छ। निषेधाज्ञाको ४५ दिनमा २० लाख ९० हजार २१४ लिटर दुध खेर जाँदा सो नोक्सानी ब्यहोर्नु परेको हो। निषेधाज्ञा नभएको भए उक्त अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुने गर्थो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्